未分類

  • : 2022-11-05 9:28 AM

    यस लोगोमा तेंरिक्योको प्रतीक चिन्हमा पखेटा अंकित छ । ओयासामाको साधनका रूपमा वार्षिकीतर्फ उन्मुख तीन वर्ष हजार दिनको अवधिमा सक्रियताका साथ समर्पित हुने कुरा अभिव्यक्त गरिएको छ ।

    140logo(nepali)

  • : 2018-03-28 10:36 AM

    सिन्बासिराको उत्तराधिकारी दाइसुके नाकायामाज्यू तथा नोबुए कामिकावाज्यूको विवाह सेप्टेम्बर १ तारिख बिहान १० बजे तेन्रिक्यो प्रधानकार्यालयका प्रवर्तकका मन्दिरमा विधिपूर्वक सम्पन्न भएको थियो । यस दिन बादल एउटा पनि नभएको सफा आकास फैलेको थियो र दुई जनाको बधाईका लागि थुप्रै योबोकु तथा अनुयायीहरू जिबामा फर्केर आएका थिए ।

  • : 2018-03-28 10:31 AM

    २० वर्षको देखि ४० वर्षको यस मार्गको अनुगामीहरूको लागि ‘अनुगामी प्रशिक्षण कार्यक्रम’को प्रथम चरण अक्टोबर २८ तारिखदेखि ३० तारिखसम्म जिबामा आयोजना गरिएको थियो । यसमा १,११४ जना भेला भएका थिए । १० वर्षपछि आयोजना गरिएको यस कार्यक्रम ‘दैनिक जीवनमा आनन्दी जीवनको अनुसरण’ भन्ने नाराअनुसार ‘कार्यक्रममा भेला भएकाहरूले दैनिक जीवनमा खुसीको मनले उत्सहित भई आध्यात्मिक जीवन बिताउँदै आनन्दी जीवनप्रति निश्चय नै कदम अघि बढाउनु’का लागि आयोजना गरिएको हो । यस कार्यक्रम अर्को वर्षको मार्चका २५ औं चरणसम्म आयोजना गरिएको छ ।

  • : 2018-03-28 10:29 AM

    ‘खुसीले भरिपूर्ण ! अापसी सहयोग!’ भन्ने नाराअनुसार जुलाई २६ तारिख दिउँसोदेखि सुरु भएको
    ‘तेन्रिक्यो १८० बालबालिकाहरूका लागि जिबा तीर्थ यात्रा कार्यक्रम’को १० दिनको अवधि अक्टोबर ४ तारिखमा सम्पन्न भएको थियो । यसपालि ‘बालबालिकाहरूका लागि जिबा तीर्थ यात्रा कार्यक्रम’का लागि २३१,०१२ जना जिबामा फर्केर आएका थिए ।

  • : 2017-10-10 3:13 PM

    तेन्रिक्यो प्रधान कार्यालयअन्तर्गत ओशिअनिया प्रचार केन्द्रले जुलाई ९ तारिखमा सिन्बासिराज्यू, हारुएज्यू तथा दाइसुकेज्यूको समुपस्थितिमा स्थापनाको २० औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको थियो । त्यो दिनमा अस्ट्रेलियाका तीन वटा ठूलो सहर, ब्रिस्वेन्, सिडनी र मेल्वरुनबाट, अनि  प्रचार केन्द्रबाट २,३०० किलो मिटर टाढा पर्ने न्यूजीलेन्डका औकलेन्डबाट पनि अनुयायीहरू जम्मा भएका थिए । सिन्बासिराज्यूका वाणी सुनेका १६० जना अनुयायीहरूले ओशिअनियाका तेन्रिक्योका मार्गलाई अगाडि बढाउनका लागि मनको पुनर्स्थापना गरी क्रियाशील हुने प्रतिज्ञा गरेका थिए ।

  • : 2017-10-10 3:06 PM

    जून १८ तारिखमा सिन्बासिराज्यू तथा हारुएज्यू ताइवाङ महा प्रचार केन्द्रको १५औं प्रमुखका पद-ग्रहण समारोहमा उपस्थित हुनुभएको थियो । त्यो दिन ताइवाङका हरेक ठाउँबाट ६४० जना अनुयायीहरू जम्मा भएका थिए ।

  • : 2017-08-03 9:19 AM

    मे २० तारिखमा हावाइ स्थानीय युवा सङ्गठनले दाइसुके नाकायामा प्रमुखज्यूको समुपस्थितिमा ‘तेन्रिक्यो युवा सङ्गठन स्थापनाको १०० औं वार्षिकोत्सवतर्फ उन्मुख ६० औं बृहत-भेला’ सम्पन्न गरेको थियो । यस भेलाको स्थल हावाइ महा प्रचार केन्द्रमा  ५५ जना सदस्यहरू जम्मा भएका थिए ।

  • : 2017-08-03 9:15 AM

    अप्रिल २९ तारिख प्रत्येक वर्षमा गरिंदै आएको अन्तर्राष्ट्रिय हिनोकिसिन दिवस ‘बताऔं कृतज्ञताको मन,  फैलाऔं खुसीको घेरा’ भन्ने नाराअनुसार देश-विदेशमा सम्पन्न गरिएको थियो । दैनिक रूपमा गरिंदै आएको हिनोकिसिन-क्रियाकलापको परिणामलाई समाहित गर्ने यस दिवसमा संसारको हरेक क्षेत्रका प्रसिद्ध स्थान, ऐतिहासिक स्थल, पार्क, समुद्र, नदी तथा सार्वजनिक स्थलमा स्थानीय अनुयायीहरूले जम्मा भई एकजूट मन बनाउँदै दैवी शिक्षालाई व्यवहारमा उतारेर सच्चा इमानदारीको पसिना बगाएका थिए ।

  • : 2017-08-03 9:12 AM

    ओयासामाको जन्मोत्सव पूजाको भोलिपल्ट, १९ तारिख महिला सङ्गठनको ९९ औं बृहत-भेला मुख्य मन्दिरको भित्री आँगन परिसरमा सम्पन्न भएको थियो । ओयासामाको १३० औं वार्षिकीप्रतिको क्रियाकलापलाई निरन्तरता दिएर अग्रसर हुनका लागि महिला सङ्गठनले गत वर्षदेखि १० लाखका सदस्य बनाऔं भन्ने कार्य नीति घोषणा गरेको छ । यस भेलामा देश-विदेशबाट करिब ३७ हजार ५ सय सदस्यहरू जम्मा भएका थिए ।

  • : 2017-08-03 8:01 AM

    जीवित ओयासामाको २१९ औं शुभ जन्म दिन मनाउने “ओयासामाको जन्मोत्सव पूजा” अप्रिल १८ तारिख सिन्बासिराज्यूका नेतृत्वमा मुख्य मन्दिर तथा प्रवर्तकका मन्दिरमा सम्पन्न भएको थियो । दैवी नमुनाकी जननीलाई श्रद्धा गरेर देश-विदेशबाट करिब ६० हजार योबोकु तथा अनुयायीहरू जिबामा फर्केर आई थुप्रै मानिसहरूले वसन्तऋतुको जिबा भरिएको थियो ।

1 / 41234