तेन्रिक्यो १८० वर्षको अन्तर्राष्ट्रिय हिनोकिसिन दिवस सम्पन्न
: 2017-08-03
अप्रिल २९ तारिख प्रत्येक वर्षमा गरिंदै आएको अन्तर्राष्ट्रिय हिनोकिसिन दिवस ‘बताऔं कृतज्ञताको मन, फैलाऔं खुसीको घेरा’ भन्ने नाराअनुसार देश-विदेशमा सम्पन्न गरिएको थियो । दैनिक रूपमा गरिंदै आएको हिनोकिसिन-क्रियाकलापको परिणामलाई समाहित गर्ने यस दिवसमा संसारको हरेक क्षेत्रका प्रसिद्ध स्थान, ऐतिहासिक स्थल, पार्क, समुद्र, नदी तथा सार्वजनिक स्थलमा स्थानीय अनुयायीहरूले जम्मा भई एकजूट मन बनाउँदै दैवी शिक्षालाई व्यवहारमा उतारेर सच्चा इमानदारीको पसिना बगाएका थिए ।