PhotoAlbum

  • : 2014-06-28 11:05 AM

    जून २४ तारिखका दिन तेस्रो सिन्बासिरा जेन्ए नाकायामाले पुनर्जन्मका लागि प्रस्थान गर्नुभएको थियो । उहाँ
    f1 ८१ वर्षका हुनुहुन्थ्यो । उहाँको क्रियाकर्म(अन्तिम संस्कार) जुलाई ६ तारिखका दिन दिउँसोको १२ बजेको लागि 1081आयोजना गरिएको छ ।

  • : 2014-02-13 2:06 PM

    तेन्रिक्यो १७७ (सन् २०१४)को जनवरी २६ तारिखमा सिन्बासिरा, जेन्जि नाकायामाज्यूका नेतृत्वमा तेन्रिक्यो प्रधान कार्यालयका मुख्य मन्दिरमा वसन्तकालीन महापूजा सम्पन्न भएको थियो । त्यो महापूजा तेन्रिक्योका प्रवर्तक मिकी नाकायामाज्यूले आफ्नो भौतिक स्वरूप लोप गर्नुभएको सन् १८८७ को जनवरी २६ तारिखका दिनसँग सम्बन्धित छ ।

    ‘कागुरा उपासना’ तथा ‘हस्त-नृत्य’ आनन्दपूर्वक सम्पन्न भएपछि सिन्बासिराज्यूले प्रवचन दिनुभएको थियो । त्यसमा उहाँले ठिक २ वर्षपछि ओयासामाको १३० औं वार्षिकी मनाइने कुरामा जोड दिंदै यस वर्षको मार्चदेखि जूनसम्मका अवधिमा आयोजित ‘ओयासामाको १३० औं वार्षिकी योबोकु सम्मेलन’प्रतिको आपेक्षा बताउनुभएको थियो । त्यसका साथै जीवित ओयासामाको गम्भीर तथा विशाल वात्सल्यप्रति परिचालित हुनका लागि वार्षिकीतर्फका कार्यहरूमा अझै कदम अघि बढाउने निर्देशन दिनुभएको थियो ।

  • : 2013-12-24 3:38 PM

    ताइवाङ महा प्रचार केन्द्र (प्रमुख, रेभ. हाचुयुकि निसि)ले नोभेम्बर २३ तारिखमा ताइपेइमा ‘८० औं वार्षिकोत्सव-स्मारक अनुयायी भेलाको  अायोजना गरेको थियो । त्यस भेलामा महा प्रचार केन्द्रसँग सम्बन्धित करीब ५०० अनुयायीहरू जम्मा भएका थिए ।
    त्यस दिनमा प्रधानकार्यालयका वरिष्ठ गुरु रेभ.च्युतारो यामानाका(इकोइ-नो-इए अस्पतालको सह प्रमुख)ले स्मारक-प्रवचन दिएका थिए भने ताइवाङ-मार्चिङ्ग-ब्यान्डले प्रदर्शन पनि प्रस्तुत गरेको थियो । सहभागीहरूले आगामी वर्षको नोभेम्बरमा आयोजित ताइवाङ महा प्रचार केन्द्र स्थापनाको ८० औं वार्षिकोत्सव तथा २ वर्षपछि जिबामा मनाइने ओयासामाको १३० औं वार्षिकीतर्फ उन्मुख भएर अझ अग्रसर हुने सङ्कल्प गरेका थिए ।

  • : 2013-12-24 3:36 PM

    तेन्रिक्यो परराष्ट्र विभागका ‘अन्तर्राष्ट्रिय आपसी सहयोग नेटवर्क’ (प्रतिनिधि, रेभ.मिचितारो मासुनो)ले नोभेम्बर ८ तारिखमा फिलिपिन्सको मध्य भागमा आएको ठूलो आँधी(हाइयान नाम दिइएको)का गम्भीर क्षेतिका लागि आफ्नो सञ्चयकोषबाट ३० लाख येन चन्दाका रूपमा दान गर्ने निर्णय गरेको थियो । क्षतिग्रस्त क्षेत्रका लागि ३० लाख येनको नगद प्रदान गरिएको थियो ।

  • : 2013-08-06 3:24 PM

    तेन्रिक्यो प्रधान कार्यालयद्वारा आयोजित ‘तेन्रिक्यो १७६ बालबालिकाहरूका लागि जिबा तीर्थ यात्रा कार्यक्रम’ १० दिनका सम्पूर्ण क्रियाकलाप पूरा गरेर अगस्त ४ तारिख सफलताका साथ सम्पन्न भयो ।

    नारा अञ्चलको तेन्रि सहरमा अवस्थित तेन्रिक्यो प्रधान कार्यालय वरिपरिमा ३० वटा भन्दा धेरै कार्यक्रमहरू अायोजित गरिएका थिए । यी विभिन्न कार्यक्रमहरूका माध्यमबाट ‘जिउन पाएको खुसीलाई अनुभव गर्नु’, ‘चीजबीजको जतन गर्नु’, ‘अापसी सहयोग गर्नु’ भन्ने तीनवटा प्रतिज्ञाका बारेमा सिक्ने मौका बालबालिकाहरूलाई प्रदान गरियो  ।

    यस अवधिमा देशविदेशबाट फर्केर अाएका असंख्य बालबालिकाहरूको हँसिलो अनुहारले पितृमातृ-गृह भरिएको थियो ।

  • : 2013-06-14 11:07 AM

    जून २ तारिखदेखि ओयासामाको १३० औं वार्षिकीतर्फ उन्मुख हुँदै अनुयायीहरूलाई जिबामा फर्केर अाउन र समर्पणका लागि प्रोत्साहन दिन  ‘१२ बजेको उपासना’ तथा ‘जिबामा समर्पण हिनोकिसिन’ थालनी भएको छ ।

    थालनीको दिनमा  पितृमातृ-गृहमा क्योकाइसित सम्बन्धित मानिसहरू  परिवारसहित भएर धेरै संख्यामा दर्शनका लागि जिबामा फर्केर अाएका थिए । मुख्य मन्दिर परिसर उनीहरूको उत्सुकताले भरिएको थियो । उपासनामा सहभागी योबोकु र अनुयायीहरूले १३०औं वार्षिकीका लागि क्रियाकलापमा प्रभावकारी रूपले लाग्ने संकल्प गरेका थिए । साथै मुख्य मन्दिर परिसरमा धेरै दर्शनार्थीहरूले जिबामा समर्पण गर्नका लागि हिनोकिसिनमा संलग्न भए ।

    तेन्रिक्यो प्रधान कार्यालायमा वसन्त कालीन महापूजा या बालबालिकाहरूका लागि जिबा तीर्थ यात्रा कार्यक्रम अायोजना गरिन्छ । यस्ता बृहत् कार्यक्रमको अायोजना नगरिने समयमा  सन् २०१३ जून महिनादेखि सन् २०१५ डिसेम्बर महिनासम्म हरेक अाइतबार, सार्वजनिक बिदा र हरेक महिनाको २५ तारिखमा दिउँसो १२ बजेदेखि उक्त उपासना सम्पन्न गरिन्छ  ।

  • : 2013-05-12 2:11 PM

    अप्रिल २९ तारिखमा  संसारको विभिन्न देशमा अन्तर्राष्ट्रीय हिनोकिसिन दिवस मनाइयो । ओयासामाको १३० औं वार्षिकीउन्मुख ‘तीन वर्ष हजार दिन’को क्रियाकलापमा प्रथम कार्यक्रमका रूपमा यस पटकको हिनोकिसिन दिवस सम्पन्न भयो । हिनोकिसिन दिवस मनाइएका ठाउँठाउँमा ‘उद्धारको अवसर, अब हिनोकिसिन’ भन्ने नाराअनुसार उचित अवसरको उत्सुकतामा अनुयायीहरू  सक्रियताका साथ हिनोकिसिनमा संलग्न भए ।

  • : 2013-05-11 5:23 PM

    अप्रिल १९ तारिख, मुख्य मन्दिरको भित्री अाँगनमा महिला सङ्गठनको ९५औं बृहत् भेला सम्पन्न भयो । यस दिनमा महिला सङ्गठनका  करीब ४२ हजार जना सदस्यहरू भाग लिएका थिए ।

    समारोहमा महिला सङ्गठन प्रमुख हारुए नाकायामाज्यूले मन्तव्य दिंदा ओयासामाको १३०औं वार्षिकीउन्मुख सदस्यहरूको मानसिकताका बारेमा कुरा गर्नुभयो भने सिन्बासिराज्यूले महिला सङ्गठन स्थापनाको मूललाई स्मरण गरी सङ्गठनको क्रियाकलापलाई प्रभावकारी रूपमा सञ्चालन गरौं भनी त्यसैका लागि सबैजनाप्रति अाशा राख्नुभएको कुरा व्यक्त गर्नुभयो ।

  • : 2013-05-05 11:47 AM

    अप्रिल १८ तारिखमा जीवित ओयासामाको २१५ औं जन्मोत्सव महापूजा सिन्बासिराज्यूको प्रधानतामा मुख्य मन्दिर तथा प्रवर्थकको मन्दिरमा सम्पन्न भएको थियो ।

    उक्त दिनमा जापानभित्र र जापान बाहिर १९ वटा देशहरूबाट पनि जम्मा भएका ६७ हजार जना मानिसहरू यस महापूजामा  उपस्थित भए  ।

    महापूजा पश्चात् मुख्य मन्दिरका भित्री अँागनमा ओयासामाको जन्मदिनको खुसी मनाउने कार्यक्रम सम्पन्न भएको थियो भने मुख्य मन्दिर परिसरमा गीत संगीतको सुरबाट मङ्गलमय वातावरणको सिर्जना भएको थियो ।

2 / 212