未分類

  • : 2016-10-07 2:42 PM

    सेप्टेम्बर १८ देखि २० सम्म इटलीको असिजिमा धर्म उपदेशक विश्वशान्ति सम्मेलनको अायोजना गरिएको थियो । सन् १९८६ देखि निरन्तर अायोजना गरिंदँ अाएको यो सम्मेलन ३०अौं पटक पुगेको छ । संसारका विभिन्न स्थानबाट करिब ५०० जना सहभागी भएको यस सम्मेलनमा तेन्रिक्योबाट जेन्सुके नाकाता प्रशासकीय कार्यालय प्रमुख निर्देशक, इकुओ हिगासिबाबा तेन्रि विश्वविद्यालय उपकूलपति तथा योसिहिसा हासेगावा तेन्रिक्यो यूरोप प्रचार केन्द्र प्रमुख अादि पनि उपस्थित भएका थिए । विश्वशान्ति स्थापना भन्ने नारा अंतर्गत विभिन्न विचार गोष्ठीको अायोजना पनि गरिएको थियो । नाकाता प्रशासकीय कार्यालय प्रमुख निर्देशकले पनि यस मार्गको शिक्षाबारे दर्शाउँदै अानन्दी जीवनको संसार साकार गर्ने सङ्कल्प व्यक्त गरेका थिए ।

  • : 2016-09-23 10:11 AM

    अगस्त १० तारिख, तुफान नं१०को आँधी-बेहरीका कारणले क्षतिग्रस्त भएको जापानका तोहोकु क्षेत्रमा तेन्रिक्यो दैवी प्रकोप राहत हिनोकिसिन टोलीका सदस्यहरू सहयोग गर्न इवाते र होक्काइदो अञ्चलमा गएका थिए । सदस्यहरू उत्साहका साथ क्षतिग्रस्त क्षेत्रमा राहतकार्य हिनोकिसिनमा समर्पित भएका थिए ।

  • : 2016-09-21 3:08 PM

    सेप्टेम्बर १० तारिख, कोन्गो ब्रजाविल क्योकाइमा सिन्बासिराज्यू, हारुएज्यू तथा दाइसुकेज्यूको समुपस्थितिमा स्थापनाको ५०औं वार्षिकोत्सव सम्पन्न भएको थियो । त्यसमा देशभित्रका विभिन्न स्थानबाट करिब २६० जना अनुयायीहरू भेला भएका थिए । भोलिपल्ट ११ तारिखमा तेन्रिक्यो महिला सङ्गठन कोन्गो ब्रजाविल विभाग र तेन्रिक्यो युवा सङ्गठन कोन्गो ब्रजाविल विभागको उद्घाटन समारोह पनि सम्पन्न भएको थियो । ५०औं वर्षको उपलक्ष्यमा तेन्रिक्यो बाल सङ्गठनका साथ तीन सङ्गठनका विभाग कोन्गोमा स्थापना भएकोमा स्थानीय अनुयायीहरूले उत्साहपूर्वक आनन्दी जीवनको संसारतर्फ नयाँ कदम चालेका छन् ।

  • : 2016-09-02 11:01 AM

    रियो ओलिम्पिकको जूडो खेल, ७३ के जी मा श्री ओनोजीले स्वर्ण जितेका थिए । २४ वर्षीय श्री ओनो तेन्रि विश्वविद्यालयका विद्यार्थी हुन् । उनी योबोकु भइसकेका छन् । तेन्रिका खेलाडीले स्वर्ण जितेको श्री नोमुरा पछि उनी पाॅचौँ खेलाडी हुन् ।

  • : 2016-09-02 10:59 AM

    अक्टोबर ९ तारिखदेखि १५ तारिखसम्म जिबामा ‘तेन्रिक्यो १७८ विद्यार्थीहरूको प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको थियो । यस मार्गमा सम्बन्धित १,०१५ जना हाइस्कुलका विद्यार्थीहरू जापानका हरेक क्षेत्रबाट भेला भएका थिए । बारम्बार आयोजना गरिंदै आएको यस प्रशिक्षण कार्यक्रममा दैवी शिक्षाको अध्ययन गर्नुका साथै त्यसलाई व्यवहारमा उतार्ने अभ्यास गरिएको थियो ।

  • : 2016-05-11 2:36 PM

    महिला संगठनको ९८ अौं बृहत् भेला अप्रिल १९ तारिख मुख्य मन्दिरको भित्री अाॅगनमा सम्पन्न भएको थियो । त्यसमा देस विदेसबाट करिब ४१ हजार सदस्यहरू सहभागी भएका थिए ।

  • : 2015-01-19 11:33 AM

    शरद्कालीन महापूजाको भोलिपल्ट अक्टोबर २७ तारिखमा मुख्य मन्दिरका भित्री आँगनमा ९० औं युवा सङ्गठन बृहत् भेला सम्पन्न भएको थियो ।
    यस पालिको भेला सङ्गठनका पाँचौं प्रमुख, दाइसुके नाकायामाज्यूको पद-ग्रहण तथा ओयासातो निर्माण कार्य हिनोकिसिन टोली उद्घाटनको ६० औं वार्षिकोत्सवका सुअवसरमा आयोजना गरिएको थियो ।
    त्यस समारोहमा युवा सङ्गठनका प्रमुख, दाइसुके नाकायामाज्यूको सम्बोधनपछि सिम्बासिराज्यूले वक्तव्य दिनुभएको थियो । उहाँले सङ्गठनको स्थापना हुँदाखेरिको लक्ष्य तथा क्रियाकलापका उद्देश्यका बारेमा प्रकाश पार्दै सदस्यहरूको संलग्नताको आशा राख्नुभएको थियो ।

  • : 2013-11-13 4:27 PM

    अक्टोबर २४ तारिखमा सम्पन्न होन्बुइन-गुरु(वरिष्ठ-गुरु)-बैठकमा उपस्थित सम्पूर्ण गुरुहरूका सम्मतिअनुसार दाइसुके नाकायामाज्यूले सिन्बासिराको उत्तराधिकारीको पद ग्रहण गर्नुहुन अनुरोध गरिएको थियो । त्यसका बारेमा २६ तारिखमा सम्पन्न शरद्कालीन महापूजा पश्चात् होन्बु-बैठक-कोठामा रेभ.हिरोअाकि यामाजावा, आन्तरिक व्यवस्थापन कार्यालयका प्रमुख निर्देशकले मुख्य गुरुहरूका अगाडि घोषणा गरेका थिए ।

    [दाइसुकेज्यूको संक्षिप्त विवरण]
    उहाँ सन् १९९१ जनवरी २३ तारिखमा बुवा जेन्सुके नाकाता र अामा मिचिकोको दोस्रो सन्तान (जेठो छोरो)का रूपमा जन्मिनुभयो ।
    सन् २००९ जनवरी ११ तारिखमा साजुकेको सत्यता प्राप्त गर्नुभयो । त्यही सालको फेब्रुअरीमा तेन्रि हाइ स्कूलको पढाइ पूरा गर्नुभयो । सन् २०१३ मार्चमा कान्साइ विश्व विद्यालयको कानून तथा नीति शास्त्र विभागमा सोही विषयको अध्ययन पूरा गर्नुभयो । त्यही सालको अप्रिल ४ तारिखमा सिन्बासिरा, जेन्जि नाकायामाज्यू र श्रीमती हारुएज्यूको धर्मपुत्र हुनुभयो ।

  • : 2013-11-07 1:25 PM

    शरद्कालीन महापूजाको भोलिपल्ट अक्टोबर २७ तारिखमा मुख्य मन्दिरका भित्री आँगनमा ८९ औं युवा सङ्गठन बृहत् भेला सम्पन्न भएको थियो ।
    राम्रो मौसमको दैवी संरक्षण प्राप्त गर्दै त्यो दिन देशविदेशको भेद नगरी संसारका विभिन्न ठाउँबाट फर्केर आएका करिब २७ हजार युवा सदस्यहरूले भित्री आँगन भरिएको थियो ।
    त्यस समारोहमा युवा सङ्गठनका प्रमुख, सिन्बासिराज्यूले यस विशेष अवधिमा परमेश्वरप्रतिको एकाग्र मनलाई दृढ बनाई सबै एकजूट भएर प्रत्यक्ष सम्बद्ध क्योकाइ विभागअनुसार निर्णय गरिएको लक्ष्यका लागि कोसिस गर्दै ओयासामाको १३० औं वार्षिकीप्रतिको क्रियाकलापलाई अगाडि बढाउन अनुरोध गर्नुभएको थियो ।

  • : 2013-11-02 11:12 AM

    तेन्रिक्यो १७६ (सन् २०१३)को अक्टोबर २६ तारिखमा सिन्बासिरा, जेन्जि नाकायामाज्यूका नेतृत्वमा तेन्रिक्यो प्रधान कार्यालयका मुख्य मन्दिरमा शरद्कालीन महापूजा सम्पन्न भएको थियो ।
    त्यो दिन टाइफूनले गर्दा पूजा सुरु हुनुभन्दा अगाडिसम्म सानो पानी परेको थियो तर तेन्रिक्योको शुभारम्भको मूल दिनसँग सम्बन्धित शरद्कालीन महापूजाका लागि थुप्रै योबोकु तथा अनुयायीहरू मानव-जातिको मूल स्थान ‘जिबा’मा फर्केर अाएका थिए ।
    साइबुन अर्पण गरिएपछि ‘कागुरा उपासना’ तथा ‘हस्त-नृत्य’ आनन्दपूर्वक सम्पन्न भएको थियो र प्रार्थना-स्थल तथा मन्दिरपरिसर अनुयायीहरूले भारेका थिए । उनीहरूले उपासनाका गीतहरूका गानमा एकजूट भएर सच्चा मन अर्पण गरेका थिए । त्यसपछिका प्रवचनमा सिन्बासिराज्यूले २ वर्ष र ३ महिनापछि मनाइने ओयासामाको १३० औं वार्षिकीतर्फ उन्मुख भई आगामी दिनहरूमा कसरी कदम चाल्ने भन्नेबारे योबोकु तथा अनुयायीहरूलाई सरलता एवं विस्तारपूर्वक निर्देशन दिनुभएको थियो ।

3 / 41234