शरद्कालीन महापूजा

तेन्रिक्यो १७६ (सन् २०१३)को अक्टोबर २६ तारिखमा सिन्बासिरा, जेन्जि नाकायामाज्यूका नेतृत्वमा तेन्रिक्यो प्रधान कार्यालयका मुख्य मन्दिरमा शरद्कालीन महापूजा सम्पन्न भएको थियो ।
त्यो दिन टाइफूनले गर्दा पूजा सुरु हुनुभन्दा अगाडिसम्म सानो पानी परेको थियो तर तेन्रिक्योको शुभारम्भको मूल दिनसँग सम्बन्धित शरद्कालीन महापूजाका लागि थुप्रै योबोकु तथा अनुयायीहरू मानव-जातिको मूल स्थान ‘जिबा’मा फर्केर अाएका थिए ।
साइबुन अर्पण गरिएपछि ‘कागुरा उपासना’ तथा ‘हस्त-नृत्य’ आनन्दपूर्वक सम्पन्न भएको थियो र प्रार्थना-स्थल तथा मन्दिरपरिसर अनुयायीहरूले भारेका थिए । उनीहरूले उपासनाका गीतहरूका गानमा एकजूट भएर सच्चा मन अर्पण गरेका थिए । त्यसपछिका प्रवचनमा सिन्बासिराज्यूले २ वर्ष र ३ महिनापछि मनाइने ओयासामाको १३० औं वार्षिकीतर्फ उन्मुख भई आगामी दिनहरूमा कसरी कदम चाल्ने भन्नेबारे योबोकु तथा अनुयायीहरूलाई सरलता एवं विस्तारपूर्वक निर्देशन दिनुभएको थियो ।