९० औं युवा सङ्गठन बृहत् भेला

शरद्कालीन महापूजाको भोलिपल्ट अक्टोबर २७ तारिखमा मुख्य मन्दिरका भित्री आँगनमा ९० औं युवा सङ्गठन बृहत् भेला सम्पन्न भएको थियो ।
यस पालिको भेला सङ्गठनका पाँचौं प्रमुख, दाइसुके नाकायामाज्यूको पद-ग्रहण तथा ओयासातो निर्माण कार्य हिनोकिसिन टोली उद्घाटनको ६० औं वार्षिकोत्सवका सुअवसरमा आयोजना गरिएको थियो ।
त्यस समारोहमा युवा सङ्गठनका प्रमुख, दाइसुके नाकायामाज्यूको सम्बोधनपछि सिम्बासिराज्यूले वक्तव्य दिनुभएको थियो । उहाँले सङ्गठनको स्थापना हुँदाखेरिको लक्ष्य तथा क्रियाकलापका उद्देश्यका बारेमा प्रकाश पार्दै सदस्यहरूको संलग्नताको आशा राख्नुभएको थियो ।