未分類

  • : 2017-08-02 3:01 PM

    मार्च २८ तारिखमा ‘आगामी युगका प्रतिनिधित्व गर्ने योबोकु होऔं !’ भन्ने नाराअनुसार तेन्रिक्यो १८० वर्षको वसन्तकालीन विद्यार्थीहरूका लागि जिबा तीर्थ यात्रा कार्यक्रम जिबामा सम्पन्न भएको थियो । सिन्बासिराज्यू , हारुएज्यू तथा दाइसुकेज्यूका समुपस्थितिमा मुख्य मन्दिरका भित्री आँगनमा सम्पन्न भएका समारोहमा ५,२०५ जना हाइस्कुल तथा विश्व-विद्यालयका विद्यार्थीहरू जम्मा भएका थिए ।

  • : 2017-08-02 2:59 PM

    मार्च ८ तारिखमा तेन्रिक्यो भाषा विद्यालयका २३ औं दीक्षान्त समारोह सम्पन्न भएको थियो । जापानी भाषा शाखाका ४४ जना तथा ओयासातो फुसेकोमि शाखाका २० जनाले पढाइ पूरा गरेका थिए । उनीहरू दक्षिण कोरिया, ताइवाङ, हावाइ, ब्राजील, इण्डोनेशिया, फिलिपिन्स, थाइल्याण्ड, कोलम्बिया, मेक्सिको, फ्रान्स, नेपाल, म्याम्मार, लाओस, कम्बोडिया, पैराग्वे, वेनेजुएला तथा केन्या गरी १७ देश तथा प्रदेशका थिए ।

  • : 2017-08-02 2:56 PM

    मार्च ३ तारिखदेखि ९ तारिखसम्म जिबामा ‘तेन्रिक्यो १८० वर्षको विद्यार्थीहरूलको प्रशिक्षण कार्यक्रम विश्व-विद्यालय स्तर’ सम्पन्न भएको थियो । यसमा देशका हरेक क्षेत्रबाट आएका ५१६ जना विश्व-विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए । पितृमातृ-गृहमा फर्केर आएका विद्यार्थीहरूले दैवी शिक्षाका कक्षा, उपासनाका अभ्यास, हिनोकिसिन तथा सामूहिक-भेलाद्वारा आस्था र मित्रतालाई दृढ पारेका थिए ।

  • : 2017-04-26 3:12 PM

    फेब्रुअरी १ मा सिन्बासिराको उत्तराधिकारी दाइसुके नाकायामाज्यू तथा नोबुए कामिकावाज्यूको शुभ वाग्दान सम्पन्न भएको थियो । शुभ विवाह भने सेप्टेम्बर १ मा सम्पन्न हुनेछ ।

     

  • : 2017-04-25 5:15 PM

    तेन्रिक्यो १८० (सन् २०१७)को जनवरी २६ तारिखमा सिन्बासिराज्यूका नेतृत्वमा प्रधान कार्यालयका मुख्य मन्दिरमा वसन्तकालीन महापूजा सम्पन्न भएको थियो । ओयासामाको १३० औं वार्षिकीपछि ठ्याक्क १ वर्ष बितेको त्यस दिनमा वार्षिकीप्रतिका कार्यहरूका प्रभाव लिएका गत वर्षका कदमहरूमाथि ध्यान राखेर नयाँ कार्यहरू अगाडि बढाउने क्रममा देश-विदेशबाट करिब ६५ हजार योबोकु तथा अनुयायीहरू जिबामा फर्केर आएका थिए ।

     

  • : 2017-04-25 5:14 PM

    जनवरी ५ तारिखदेखि ७ तारिखसम्म प्रधानकार्यालयमा सेचि उत्सवको अायोजना गरिएको थियो । यो सेति उत्सव अोयासामाले अाफ्नो भौतिक स्वरूपसित कदम चाल्नुभएका समयदेखि नै चालिअाएको परम्परागत उत्सव हो । यो वर्ष पनि जापानका हरेक क्षेत्रबाट टोलीका रूपमा अथवा परिवारसित जिबामा ठूलो संख्यका अनुयायीहरू जिबामा फर्केर आएका थिए । त्यस बाहेक संसदीय सदस्यहरू पनि यस उत्सवमा आएका थिए । यसपालि गत वर्षकोभन्दा ५ हजार बढी ७१०,०११ जना सेचि उतासवमा आएका थिए ।

     

     

  • : 2016-12-06 11:22 AM

    नोभेम्बर १२, सिन्बासिराज्यू, हारुएज्यू तथा दाइसुकेज्यूको समुपस्थितिमा नेपाल रेन्राकुस्योमा स्थापनाको ५० अौं वार्षिकोत्सव सम्पन्न भएको थियो । अर्धशतक पुगेको नेपालको मार्गको खुसीयाली मनाउन करिब २५० जना अनुयायीहरू सहभागी भएका थिए । गत वर्ष नेपालमा महाभूकम्प गएका कारणले क्षतिग्रस्त क्षेत्रका पीडितहरूका लागि नेपाली अनुयायीहरू राहतकार्यमा निरन्तर सक्रिय भएका थिए । ५० अौं वार्षिकोत्सवको समारोहमा सिन्बासिराज्यूको मन्तव्य सुनेका नेपाली अनुयायीहरूले दैवी कार्यमा अझ समर्पित हुने संकल्प गरेका थिए ।

  • : 2016-11-30 1:29 PM

    अक्टोबर २७ मा मुख्य मन्दिरको भित्री अाँगनमा युवा सङ्गठनको ९२औं बृहत् भेला सम्पन्न भएको थियो ।  सङ्गठन प्रमुख दाइसुके नाकायामाज्यूले २ वर्षपछि मनाइने सङ्गठन स्थापनाको १००औं वार्षिकोत्सवप्रतिको पूर्व तयारीका बारेमा बताएर अाध्यात्मिक रूपले अझ परिपक्व हुने कुरामा विशेष जोड दिनुभयो । उपस्थित करिब ११,००० सदस्यहरूले वार्षिकोत्सवका लागि एकजूट हुँदै दृढ कदम चाल्ने कुरा प्रतिज्ञा गरेका थिए ।

  • : 2016-11-30 1:27 PM

    तेन्रिक्योको शुभारम्भको मूल दिनसँग सम्बद्ध शरद्कालीन महापूजा अक्टोबर २६ मा सिन्बासिरा जेन्जि नाकायामाज्यूको नेतृत्वमा मुख्य मन्दिरमा सम्पन्न भएको थियो ।
    पूजापश्चात् सिन्बासिराज्यूले मानव शरीर सापट दिइएको र सापट लिइएको चीज भन्ने शिक्षा र मनको अाठ प्रकारका धूराहरूका बारेमा ध्यानमा राखी दैवी शिक्षाअनुरूप व्यवहार गर्ने कुरामा जोड दिनुभयो । साथै वार्षिकीप्रतिको विभिन्न क्रियाकलापका अाधारमा अाफ्नो कदमलाई पुनरावलोकन गर्दै अानन्दी जीवनको संसारतर्फ अझ अग्रसर हुने कुरा बताउनुभयो । अोयासामाको १३०औं वार्षिकी सम्पन्न भएको यस वर्षमा देश-विदेशबाट फर्केर अाएका करिब ७० हजार अनुयायीहरूले उद्धार कार्यमा समर्पण जुटाउने नयाँ सङ्कल्प गरेका थिए ।

  • : 2016-10-07 3:03 PM

    तेन्रिक्यो बाल संगठन स्थापनाको ५०अौं वर्ष पुगेको उपलक्ष्यमा सेप्टेम्बर २५, सिन्बासिराज्यू, हारुएज्यू र दाइसुकेज्यूको समुपस्थितिमा पूर्वी प्रार्थनास्थलमा ५०अौं भेला सम्पन्न भएको थियो । त्यसमा सम्बन्धित अनुयायीहरू करिब २१२७ जनाको सहभागीता रहेको थियो ।

    उपासना गरिसकेपछि सिन्बासिराज्यूले अनुगामीहरूको पालनपोषणको महत्त्वबारे ध्यानाकर्षण गर्दै बालबालिकाहरू मार्गदर्शन गर्ने अगुवाहरूको मानसिकताबारे प्रशिक्षित पार्नुभएको थियो ।

2 / 41234