योकोजुना हारुमाफुजि मुख्य मन्दिरका भित्री आँगनमा कृतज्ञताका साथ ‘डोह्योइरि’ उद्घाटन

जून, २६ तारिख तेन्रिक्यो प्रधान कार्यालयको मासिक पूजा सकेपछि मुख्य मन्दिरका भित्री आँगनमा ७० औं योकोजुना, हारुमाफुजिको ‘डोह्योइरि’ अर्थात् सुमो खेलको उद्घाटन समारोह परमेश्वर जनक-जननीसमक्ष  प्रदर्शन गरिएको थियो ।
पानी परिराखे तापनि योकोजुनाको शक्तिपूर्ण प्रदर्शन एकछिन भए पनि हेरूँ भन्ने अनुयायीहरूले भित्री आँगन भरिएको थियो ।
योकोजुना, हारुमाफुजिले ‘अबदेखि पनि सबैलाई खुसी पार्नका लागि सुमो खेल्न कोसिस गर्नेछु ।’ भनेर हँसिलो अनुहारले बताएका थिए ।