‘विश्व-शान्तिप्रति पारदर्शन’ संसारतर्फ

संसारका मुख्य धार्मिक सम्प्रदायहरूका वरिष्ठ गुरुहरू भेला भई विश्व शान्तिका लागि प्रार्थना गर्ने कार्यक्रम ‘विश्व-शान्ति प्रार्थना सभा’ (प्रयोजक : इसाई एजिडियो संयुक्त सङ्घ र रोम क्षेत्रीय विभाग) सेप्टेम्बर २९ तारिखदेखि अक्टोबर १ तारिखसम्म इटालीको रोममा सम्पन्न भएको थियो ।
त्यस सभामा तेन्रिक्योको तर्फबाट रेभ.योसिहिको सिरोकिहारा (प्रधानकार्यालयका वरिष्ठ गुरु), रेभ.योसिहिसा हासेगावा (तेन्रिक्यो युरोप प्रचार केन्द्र प्रमुख) आदि जम्मा ७ जना उपस्थित भएका थिए । त्यस सभामा “‘आशा’ले भरिपूर्ण उत्साह” भन्ने नाराअन्तर्गत गोष्ठीमा छलफल गरिएको थियो । रेभ.सिरोकिहाराले ३० तारिख बिहानको विभाजित बैठक ‘आशा र विश्व-शान्ति : जापानका विभिन्न धर्महरू’मा भाषण गरेका थिए । उनका भाषणमा दैवी शिक्षामा आधारित ‘विश्व-शान्तिप्रतिको दृष्टिकोण’माथि प्रकाश पारेका थिए ।

तेन्रिक्योका गुरुहरू