ओशिअनिया प्रचार केन्द्र स्थापनाको २० औं वार्षिकोत्सव समारोह

तेन्रिक्यो प्रधान कार्यालयअन्तर्गत ओशिअनिया प्रचार केन्द्रले जुलाई ९ तारिखमा सिन्बासिराज्यू, हारुएज्यू तथा दाइसुकेज्यूको समुपस्थितिमा स्थापनाको २० औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको थियो । त्यो दिनमा अस्ट्रेलियाका तीन वटा ठूलो सहर, ब्रिस्वेन्, सिडनी र मेल्वरुनबाट, अनि  प्रचार केन्द्रबाट २,३०० किलो मिटर टाढा पर्ने न्यूजीलेन्डका औकलेन्डबाट पनि अनुयायीहरू जम्मा भएका थिए । सिन्बासिराज्यूका वाणी सुनेका १६० जना अनुयायीहरूले ओशिअनियाका तेन्रिक्योका मार्गलाई अगाडि बढाउनका लागि मनको पुनर्स्थापना गरी क्रियाशील हुने प्रतिज्ञा गरेका थिए ।