महिला सङ्गठनको ९९ औं बृहत-भेला सम्पन्न

ओयासामाको जन्मोत्सव पूजाको भोलिपल्ट, १९ तारिख महिला सङ्गठनको ९९ औं बृहत-भेला मुख्य मन्दिरको भित्री आँगन परिसरमा सम्पन्न भएको थियो । ओयासामाको १३० औं वार्षिकीप्रतिको क्रियाकलापलाई निरन्तरता दिएर अग्रसर हुनका लागि महिला सङ्गठनले गत वर्षदेखि १० लाखका सदस्य बनाऔं भन्ने कार्य नीति घोषणा गरेको छ । यस भेलामा देश-विदेशबाट करिब ३७ हजार ५ सय सदस्यहरू जम्मा भएका थिए ।