तेन्रिक्यो १८० वर्षको वसन्तकालीन विद्यार्थीहरूका लागि जिबा तीर्थ यात्रा कार्यक्रम सम्पन्न

मार्च २८ तारिखमा ‘आगामी युगका प्रतिनिधित्व गर्ने योबोकु होऔं !’ भन्ने नाराअनुसार तेन्रिक्यो १८० वर्षको वसन्तकालीन विद्यार्थीहरूका लागि जिबा तीर्थ यात्रा कार्यक्रम जिबामा सम्पन्न भएको थियो । सिन्बासिराज्यू , हारुएज्यू तथा दाइसुकेज्यूका समुपस्थितिमा मुख्य मन्दिरका भित्री आँगनमा सम्पन्न भएका समारोहमा ५,२०५ जना हाइस्कुल तथा विश्व-विद्यालयका विद्यार्थीहरू जम्मा भएका थिए ।