तेन्रिक्यो भाषा विद्यालयका दीक्षान्त समारोह सम्पन्न

मार्च ८ तारिखमा तेन्रिक्यो भाषा विद्यालयका २३ औं दीक्षान्त समारोह सम्पन्न भएको थियो । जापानी भाषा शाखाका ४४ जना तथा ओयासातो फुसेकोमि शाखाका २० जनाले पढाइ पूरा गरेका थिए । उनीहरू दक्षिण कोरिया, ताइवाङ, हावाइ, ब्राजील, इण्डोनेशिया, फिलिपिन्स, थाइल्याण्ड, कोलम्बिया, मेक्सिको, फ्रान्स, नेपाल, म्याम्मार, लाओस, कम्बोडिया, पैराग्वे, वेनेजुएला तथा केन्या गरी १७ देश तथा प्रदेशका थिए ।