कोन्गो ब्रजाविल क्योकाइ स्थापनाको ५०औं वार्षिकोत्सव

सेप्टेम्बर १० तारिख, कोन्गो ब्रजाविल क्योकाइमा सिन्बासिराज्यू, हारुएज्यू तथा दाइसुकेज्यूको समुपस्थितिमा स्थापनाको ५०औं वार्षिकोत्सव सम्पन्न भएको थियो । त्यसमा देशभित्रका विभिन्न स्थानबाट करिब २६० जना अनुयायीहरू भेला भएका थिए । भोलिपल्ट ११ तारिखमा तेन्रिक्यो महिला सङ्गठन कोन्गो ब्रजाविल विभाग र तेन्रिक्यो युवा सङ्गठन कोन्गो ब्रजाविल विभागको उद्घाटन समारोह पनि सम्पन्न भएको थियो । ५०औं वर्षको उपलक्ष्यमा तेन्रिक्यो बाल सङ्गठनका साथ तीन सङ्गठनका विभाग कोन्गोमा स्थापना भएकोमा स्थानीय अनुयायीहरूले उत्साहपूर्वक आनन्दी जीवनको संसारतर्फ नयाँ कदम चालेका छन् ।