शरद्कालीन महापूजा

तेन्रिक्यो १७७ (सन् २०१४)को अक्टोबर २६ तारिखमा सिन्बासिरा, जेन्जि नाकायामाज्यूका नेतृत्वमा तेन्रिक्यो प्रधान कार्यालयका मुख्य मन्दिरमा शरद्कालीन महापूजा सम्पन्न भएको थियो ।
सन् १८३८ को यही महिना, यही दिनमा नै निर्धारित समयको आगमनका साथ परमेश्वर जनक-जननीले सर्वप्रथम यस संसारमा प्रकट हुनुभएर ‘अन्तिम शिक्षा’का बारेमा प्रकाशित गर्नुभयो ।
देश-विदेशबाट जिबामा फर्केका योबोकु तथा अनुयायीहरूले यस मार्गको शुभारम्भका दिनको संस्मरण गरेर सिम्बासिराज्यूको निर्देशनलाई आत्मसात् गरी ओयासामाको १३० औं वार्षिकीतर्फ उन्मुख भई आगामी दिनहरूमा अझ उत्साहित भएर कदम चाल्ने सङ्कल्प आपसमा गरेका थिए ।