वसन्तकालीन महापूजा

तेन्रिक्यो १७७ (सन् २०१४)को जनवरी २६ तारिखमा सिन्बासिरा, जेन्जि नाकायामाज्यूका नेतृत्वमा तेन्रिक्यो प्रधान कार्यालयका मुख्य मन्दिरमा वसन्तकालीन महापूजा सम्पन्न भएको थियो । त्यो महापूजा तेन्रिक्योका प्रवर्तक मिकी नाकायामाज्यूले आफ्नो भौतिक स्वरूप लोप गर्नुभएको सन् १८८७ को जनवरी २६ तारिखका दिनसँग सम्बन्धित छ ।

‘कागुरा उपासना’ तथा ‘हस्त-नृत्य’ आनन्दपूर्वक सम्पन्न भएपछि सिन्बासिराज्यूले प्रवचन दिनुभएको थियो । त्यसमा उहाँले ठिक २ वर्षपछि ओयासामाको १३० औं वार्षिकी मनाइने कुरामा जोड दिंदै यस वर्षको मार्चदेखि जूनसम्मका अवधिमा आयोजित ‘ओयासामाको १३० औं वार्षिकी योबोकु सम्मेलन’प्रतिको आपेक्षा बताउनुभएको थियो । त्यसका साथै जीवित ओयासामाको गम्भीर तथा विशाल वात्सल्यप्रति परिचालित हुनका लागि वार्षिकीतर्फका कार्यहरूमा अझै कदम अघि बढाउने निर्देशन दिनुभएको थियो ।