फिलिपिन्समा आएको आँधीका क्षतिप्रति चन्दा — क्षतिग्रस्त क्षेत्रमा ३० लाख येन प्रदान

तेन्रिक्यो परराष्ट्र विभागका ‘अन्तर्राष्ट्रिय आपसी सहयोग नेटवर्क’ (प्रतिनिधि, रेभ.मिचितारो मासुनो)ले नोभेम्बर ८ तारिखमा फिलिपिन्सको मध्य भागमा आएको ठूलो आँधी(हाइयान नाम दिइएको)का गम्भीर क्षेतिका लागि आफ्नो सञ्चयकोषबाट ३० लाख येन चन्दाका रूपमा दान गर्ने निर्णय गरेको थियो । क्षतिग्रस्त क्षेत्रका लागि ३० लाख येनको नगद प्रदान गरिएको थियो ।