PhotoAlbum

  • : 2018-02-20 9:39 AM

    सिन्बासिराको उत्तराधिकारी दाइसुके नाकायामाज्यू तथा नोबुए कामिकावाज्यूको विवाह सेप्टेम्बर १ तारिख बिहान १० बजे तेन्रिक्यो प्रधानकार्यालयका प्रवर्तकका मन्दिरमा विधिपूर्वक सम्पन्न भएको थियो । यो दिन बादल एउटा पनि नभएको सफा अकास फैलेको थियो र दुई जनाको बधाईका लागि थुप्रै योबोकु तथा अनुयायीहरू जिबामा फर्केर आएका थिए ।

  • : 2018-02-20 9:32 AM

    २० वर्षको देखि ४० वर्षको यस मार्गको अनुगामीहरूको लागि ‘अनुगामी प्रशिक्षण कार्यक्रम’को प्रथम चरण अक्टोबर २८ तारिखदेखि ३० तारिखसम्म जिबामा आयोजना गरिएको थियो । यसमा १,११४ जना भेला भएका थिए । १० वर्षपछि आयोजना गरिएको यस कार्यक्रम ‘दैनिक जीवनमा आनन्दी जीवनको अनुसरण’ भन्ने नाराअनुसार ‘कार्यक्रममा भेला भएकाहरूले दैनिक जीवनमा खुसीको मनले उत्सहित भई आध्यात्मिक जीवन बिताउँदै आनन्दी जीवनप्रति निश्चय नै कदम अघि बढाउनु’का लागि आयोजना गरिएको हो । यस कार्यक्रम अर्को वर्षको मार्चका २५ औं चरणसम्म आयोजना गरिएको छ ।

  • : 2018-02-20 9:31 AM

    ‘खुसीले भरिपूर्ण ! अापसी सहयोग!’ भन्ने नाराअनुसार जुलाई २६ तारिख दिउँसोदेखि सुरु भएको ‘तेन्रिक्यो १८० बालबालिकाहरूका लागि जिबा तीर्थ यात्रा कार्यक्रम’को १० दिनको  अवधि अक्टोबर ४ तारिखमा सम्पन्न भएको थियो । यसपालि ‘बालबालिकाहरूका लागि जिबा तीर्थ यात्रा कार्यक्रम’का लागि २३१,०१२ जना जिबामा  फर्केर आएका थिए ।

     

  • : 2015-01-19 11:28 AM

    तेन्रिक्यो १७७ (सन् २०१४)को अक्टोबर २६ तारिखमा सिन्बासिरा, जेन्जि नाकायामाज्यूका नेतृत्वमा तेन्रिक्यो प्रधान कार्यालयका मुख्य मन्दिरमा शरद्कालीन महापूजा सम्पन्न भएको थियो ।
    सन् १८३८ को यही महिना, यही दिनमा नै निर्धारित समयको आगमनका साथ परमेश्वर जनक-जननीले सर्वप्रथम यस संसारमा प्रकट हुनुभएर ‘अन्तिम शिक्षा’का बारेमा प्रकाशित गर्नुभयो ।
    देश-विदेशबाट जिबामा फर्केका योबोकु तथा अनुयायीहरूले यस मार्गको शुभारम्भका दिनको संस्मरण गरेर सिम्बासिराज्यूको निर्देशनलाई आत्मसात् गरी ओयासामाको १३० औं वार्षिकीतर्फ उन्मुख भई आगामी दिनहरूमा अझ उत्साहित भएर कदम चाल्ने सङ्कल्प आपसमा गरेका थिए ।

  • : 2014-10-09 3:25 PM

    अक्टोबर ८ तारिखदेखि १५ तारिखसम्म जिबामा ‘तेन्रिक्यो १७७ विद्यार्थीहरूको प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको थियो । यस मार्गमा सम्बन्धित १,२२७ जना हाइस्कुलका विद्यार्थीहरू जापानका हरेक क्षेत्रबाट भेला भएका थिए । बारम्बार आयोजना गरिंदै आएको यस प्रशिक्षण कार्यक्रममा दैवी शिक्षाको अध्ययन गर्नुका साथै त्यसलाई व्यवहारमा उतार्ने अभ्यास गराइन्छ । विद्यार्थीहरूलाई हाइस्कुलको तहका साथै बिगतमा यस कार्यक्रममा कति पटक सहभागी भएका थिए भन्ने आधारमा कक्षा छुट्ट्याइने यस कार्यक्रममा अास्था र मित्रतालाई दृढ बनाउका लागि १ हप्ता संगै पढ्दै र खाना खाँदै उनीहरूले एकै ठाउँमा बसेर अध्ययन गरेका थिए ।

  • : 2014-10-09 3:24 PM

    जुलाई २६ तारिखदेखि अक्टोबर ४ तारिखसम्म ‘खुसीले भरिपूर्ण ! अब हिनोकिसिन !’ भन्ने नाराअनुसार ‘तेन्रिक्यो १७७ बालबालिकाहरूका लागि जिबा तीर्थयात्रा कार्यक्रम’ सम्पन्न भएको थियो । यसपालि गत वर्षकोभन्दा ५ हजार बढी २३८,५९८ जना जिबामा  फर्केर आएका थिए । त्यस अवधिमा प्रत्येक कार्यकर्म स्थलमा अत्यन्त गर्मीको जिबामा रमाइरहेका बच्चाहरूको खुसीयाली  उनीहरूको आँखामा देखियो । उनीहरूले सोही कार्यक्रमबाट साथीहरूसँग-सँगै कृतज्ञता र आपसी सहयोगको मन बढाएका थिए ।

  • : 2014-10-09 3:24 PM

    जुलाई १० तारिखमा विदेशी अनुयायीका सन्तानहरूका लागि “ओयासातो सेमिनर”को आयोजना गरिएको थियो । त्यसमा अंग्रेजी भाषाका पूर्वावधि कक्षामा १२ जना र उत्तरावधि कक्षामा १२ जना, पोर्तुगाली भाषा कक्षामा २१ जना र चिनियाँ भाषा कक्षामा ७ जनाले भाग लिएका थिए । अंग्रेजी भाषा र  चिनियाँ भाषा कक्षा भने २५ तारिखमा र पोर्तुगाली भाषा कक्षा भने २७ तारिखमा समाप्त भएका थिए ।

    त्यसका साथै अक्टोबर ३ तारिखदेखि १५ तारिखसम्म ओयासातो सेमिनर कोरियन भाषा कक्षाको पनि आयोजना गरिएको थियो र त्यसमा ११ जनाको सहभागिता रहेको थियो ।

  • : 2014-08-06 3:11 PM

    अप्रिल २९ तारिख प्रत्येक वर्षमा गरिंदै आएको ‘अन्तर्राष्ट्रिय हिनोकिसिन दिवस’ ‘यस सुअवसरको वायु लिएर सच्चीको बिउ छारों’ भन्ने नाराअनुसार देश-विदेशमा सम्पन्न गरिएको थियो । संसारको हरेक स्थानमा उत्साहपूर्वक हिनोकिसिनमा संलग्न भएका अनुयायीहरू देखिएका थिए ।

  • : 2014-08-06 3:08 PM

    ओयासामाको जन्मोत्सव पूजाको भोलिपल्ट, १९ तारिख महिला सङ्गठनको ९६ औं बृहत-भेला मुख्य मन्दिरको भित्री आँगन परिसरमा सम्पन्न भएको थियो । ओयासामाको १३० औं वार्षिकीप्रतिको
    पूर्व तयारीको दोस्रो वर्षमा प्रत्येक सदस्यले यस मार्गको आधारका रूपमा आध्यात्मिक परिपक्वता सिद्ध गर्नका लागि कार्य नीतिलाई जोड दिइएको क्रममा यस भेलामा देश-विदेशबाट करिब ४६ हजार सदस्यहरू जम्मा भएका थिए । हारुए नाकायामा प्रमुखज्यू तथा सिन्बासिराज्यूले मन्तव्य दिनुभएको थियो ।

  • : 2014-08-06 3:07 PM

    जीवित ओयासामाको २१६ औं शुभ जन्म दिन मनाउने “ओयासामाको जन्मोत्सव पूजा” अप्रिल १८ तारिख सिन्बासिराज्यूका नेतृत्वमा मुख्य मन्दिर तथा प्रवर्तकका मन्दिरमा सम्पन्न भएको थियो । देश-विदेशबाट करिब ६५ हजार योबोकु तथा अनुयायीहरू जिबामा फर्केर आएका थिए । पूजा सम्पन्न भएपछि “खुसीको गायन” भन्ने कार्यक्रममा दैवी नमुनाकी जननीलाई श्रद्धा गर्ने सन्तानहरूको हर्षोल्लासपूर्ण स्वर मन्दिर परिसरमा व्याप्त भएको थियो ।

1 / 212